गाउँपालिकालाई पैदल यात्रीलाई आवस्यक प्रवन्ध मिलाउन महासंघका अध्यक्ष पोखरेलको आग्रह

चरिकोट(दीस) –लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले आज विज्ञप्ती जारी गर्दै काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरका गाउँपालिका प्रमुखहरुलाई लकडाउनका कारण कामविहीन भएपछि दैनिक ज्यालादारी गर्नेहरुले काठमाडौं उपत्यका छाड्ने क्रम चलिरहेकोले ध्यानआकर्षण भएको जनाइएको छ । गाडीको व्यवस्था नभएपछि उनीहरु पैदलै हिँडेर घर फर्किन बाध्य भएको अध्यक्ष पोखरेलले बताए । लामो पैदल यात्रा रोजेर मानिसहरू घर फर्किन थालेपछि गाउँपालिका महासंघ नेपालले यसबारे चासो देखाएको हो ।

Shares

Be the first to comment on "गाउँपालिकालाई पैदल यात्रीलाई आवस्यक प्रवन्ध मिलाउन महासंघका अध्यक्ष पोखरेलको आग्रह"

Leave a comment

Your email address will not be published.


*