गाउँघर साना किसान कृषि सहकारीद्धारा कृषि समाग्री हस्तान्तरण

चरिकोट /अनिल दहाल – गाउँघर साना किसान कृषि सहकारीले आफ्ना सदस्यहरुलाई बिभिन्न कृषि सामाग्री बितरण गरेको छ ।

 

 

 

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको सहकारीले २१ ओटा ट्याक्टर, औषधी छर्ने स्प्रे , मकै छोडाउने मिसिन मिल गरेर ३५ ओटा यान्त्रिकरण किसानलाई बितरण गरेको संस्थाका अध्यक्ष श्रीरीराज पोखरेलले बताए ।

प्रधानमन्त्री आधुनिकरण कार्यक्रम अन्र्तगत सो यान्त्रिकरण बितरण गरिएको हो ।

प्रदेशको तर्फको ४ ओटा हाते ट्याक्टर , २ ओटा कुटन पिसन मिल, मकै छोडाउने २ ओटा मिल , स्प्रे १० वटा कृषि सामाग्री हस्तान्तरण गरिएको उनले बताए । कृषि सामाग्री ४० जना सहकारीका सदस्यले पाएका छन् ।

सहकारीले बितरण गरेको सामाग्री सहकारीका सदस्यलाई सो वडा अध्यक्ष राजु कुसुमले हस्तान्तरण गरेका थिए । त्यसैगरी किसानको लागि ३ हजार वटा सुन्तलाको बेर्ना बितरण गरिएको अध्यक्ष पोखरेलले बताए ।

Shares

Be the first to comment on "गाउँघर साना किसान कृषि सहकारीद्धारा कृषि समाग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*