गाउँघर घर साना किसान सहकारीद्धारा ६ लाख बराबरको कृषि समाग्री बितरण

चरिकोट (दीक्षण समाचार ) – गाउँघर घर साना किसान सहकारी संस्थाले आफ्नो स्थापना दिबसको अबसरमा आफनो कार्यक्षेत्र भित्र रहेका १ सय  जना किसानलाई टनेल बितरण गरेको छ ।

दोलखाको मेलुङ गाउँपालिकामा वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई बिहिबार विभिन्न किसिमका ६ लाख बराबरको कृषि सामग्री वितरण हो । किसानलाई कृषि सामाग्री बितरण गर्दै गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले पालिकाले जनतालाई कृषिमा निर्भर बनाउन बिभिन्न कार्यक्रम ल्याएको बताए । किसानलाई काम गर्न आग्रह गर्दै किसानलाई पालिकाले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गर्न पालिकाका प्रमुख श्रेष्ठले आग्रह गरे ।


सहकारीले किसानकाेे माग अनुसार कृषि सामान  बितरण गरेको  सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए । सहकारी स्थापना भए देखी ६ करोड भन्दा माथिको कारोवार गरेको अध्यक्ष पोखरेलले बताए ।

सहकारीले किसानको व्यबसाय अनुसारको ४ प्रतिशत देखि १५सम्म को व्याजदर मा विभिन्न कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले १९ जना युवाहरुलाई इजरायलमा कृषि तालिममा पठाएको उनले जानकारी दिए ।

संस्थाले ३०० जना भन्दा बढी सदस्यहरु लाई सिलाइृ कटाई, कम्प्युटर तालिम, सिकर्मी तालिम डकर्मी तालिम र कृषि तालिम उपलब्ध गराएको संस्थाका भुपा चापागाईले जानकारी दिए । लक डाउनको समयमा समेत संस्था संचालन गर्दै दुग्ध डेरी समेत संन्चालन गरिराखेको चापागाईले बताए ।

Shares

Be the first to comment on "गाउँघर घर साना किसान सहकारीद्धारा ६ लाख बराबरको कृषि समाग्री बितरण"

Leave a comment

Your email address will not be published.


*