गम्भिर रोग र प्राकृतिक प्रकोप पीडितलाई कांग्रेसको राहत

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ५
नेपाली कांग्रेस विपत व्यवस्थापन समिति दोलखाले २४ जनालाई राहत रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको साउनमा निर्माण गरिएको समितिले हालसम्म गम्भिर प्रकृतिका रोग र प्राकृतिक प्रकोप पीडित गरि २४ जनालाई राहत रकम उपलब्ध गराएको हो । १ जना व्यक्तिलाई रोग र समस्याको प्रकृति अनुसार १० देखि १५ हजारसम्म राहत उपलब्ध गराइएको समितिका अध्यक्ष प्रभुराम श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित पालिकाका वडा सभापतिको सिफारिस र आवश्यक कागजातसहित समितिमा पेश गरेको खण्डमा पीडितलाई राहत रकम उपलब्ध गराउने गरिएको छ । सुखमा मात्रै होइन्, दुख र आपतविपतमा पनि नेपाली कांग्रेस जनताको साथमा रहेको प्रत्याभूति दिलाउन र कुनै स्वार्थ बिना राहत उपलब्ध गराउने गरिएको उनले बताए । उनले भने “यो कुनै चर्चामा आउन वा चुनावी हतियार बनाउनका लागी निर्माण गरिएको समिति होइन्, नितान्त मानविय नाताले सहयोग गर्न समिति बनाइएको हो । पार्टीगत नाता भन्दा समितिले मानविय नाताले आपतविपत् र दुखमा परेकालाई मलम लगाउने काम गर्ने हेतुले यो काम गरेको हौँ । गम्भिर रोग र विपद् प्रभावित नागरिकको दुखमा राहत दिने उद्धेश्यले समिति र काेष निर्माण गरिएको र शुभेच्छुक तथा नेताकार्यकर्ताले कोषमा रकम जम्मा गर्ने गरेका छन् ।

Shares

Be the first to comment on "गम्भिर रोग र प्राकृतिक प्रकोप पीडितलाई कांग्रेसको राहत"

Leave a comment

Your email address will not be published.


*