गभर्नरबारे छानबिन गर्न माग

काठमाडौँ, २९ असार ९रासस०ःप्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा ९एमाले० को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा ९माओवादी केन्द्र० का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गर्नुभयो । उहाँले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गर्नुभयो । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी ९खोटाङ० लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । —

Shares

Be the first to comment on "गभर्नरबारे छानबिन गर्न माग"

Leave a comment

Your email address will not be published.


*