गत आर्थिक वर्ष दोलखाका स्थानीयतहबाट ४८ करोड रुपैया बजेट फिर्ता

नवराज शिवाकोटी, चरिकोट ः दोलखाका स्थानीय तहहरुको गत आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट विनियोजित शशर्त, विशेष र समपुरक अनुदान मार्फत आएको ४८ करोड भन्दा बढी बजेट फिर्ता भएको छ । गत आर्थिक बर्ष विविध कारणले खर्च गर्न हुन नसकी तथा काम सम्पन्न भए पश्चात पनि बाँकी रहेको उक्त ।कम फिर्ता भएको हो।
शशर्त, विशेष र समपुरक अनुदानतर्फ संघ तथा प्रदेशबाट विनियोजित रकम मध्ये दोलखाका नौ स्थानीय तहहरुबाट गत बर्ष संघ तथा प्रदेशबाट विनियोजित रकम मध्ये कुल ४८ करोड ३ लाख ७५ हजार १७ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार विभिन्न योजनाका लागि विनियोजित रकम मध्ये शुन्य खर्च भई ५ करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने कार्य सम्पन्न पश्चात बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ ।
फिर्ता भएको रकम मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबै भन्दा कम बैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयको तथ्याङ्क छ । भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार ४३० रुपैयाँ फिर्ता भएको छ भने बैतेश्वर गाउँपालिकाबाट २ करोड ६४ लाख २० हजार २६२ रुपैयाँ फिर्ता भएको छ ।
यसैगरी तामाकोशी गाउँपालिकाबाट ७ करोड २४ लाख ७१ हजार ८सय १४, गौरिशंकर गाउँपालिकाबाट ६ करोड ५ लाख २५ हजार ३५६, विगु गाउँपालिकाबाट ४ करोड ५६ लाख ५७ हजार ९१८ तथा जिरी निगरपालिकाबाट ४ करोड ४० लाख ३३ हजार ३९० रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । यस्तै मेलुङ गाउँपालिकाबाट ४ करोड २ लाख ७४ हजार ६६९, शैलुङ गाउँपालिकाबाट ३ करोड ७७ लाख ६७ हजार ४९३ तथा कालिञ्चोक गाउँपालिकाबाट ३ करोड ४८ लाख ४२ हजार ६८३ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।
समग्रमा दोलखाका स्थानीयतहरुको लागि गत आर्थिक वर्षमा प्रदेश तथा संघबाट विनियोजित रकम मध्ये खर्च नभई १ दशमल ९० प्रतिशत फिर्ता भएको छ भने कार्य सम्पन्न पश्चात बाँकी हुन गई फिर्ता गएको रकम १४ दशमलब ७५ प्रतिशत रहेको छ । दोलखाका स्थानीय तहहरुले शशर्त, विशेष र समपुरक अनुदान रकमको ८३ दशमलब ३५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "गत आर्थिक वर्ष दोलखाका स्थानीयतहबाट ४८ करोड रुपैया बजेट फिर्ता"

Leave a comment

Your email address will not be published.


*