गणतन्त्र दिवस मनाइयो

दीक्षण समाचार
चरिकोट, जेठ १५
दोलखामा पनि विभिन्न कार्यक्रम आयोजना गरी १५ अाैँ गणतन्त्र दिव मनाइएको छ । २ सय ४० वर्षे शाह वंशीय राजतन्त्रको अन्त्य भएको दिनलाई स्मरण गरी आइबार गणतन्त्र दिवस मनाइएको हो । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन असम्भव भएपछि दीप प्रज्वलन मात्र गरिएको थियो । तर यो वर्षको गणतन्त्र दिवस भने दीपावलीसँगै शुभकामना सन्देश आदानप्रदानसहित विविध कार्यक्रमका साथ तीन दिन मनाइने भएको हो । दिवसको अवसरमा सरकारी कार्यालय सरसफाइ गरिनुका साथै झन्डा सजाइ फहराइएको थियो । साँझ दीप प्रज्वलन गरिएको थियो । कतिपय स्थानमा मन्दिर, देवालय, पार्क लगायत धार्मिक तथा सांस्कृतिक स्थलहरुको सरसफाइ एवं सौन्दर्यकरणमा बृद्धि हुने गतिविधि गरिएको थियो । त्रिपुरा ग्लोरिसय स्काउट ट्रुपले चरिकोट बजारमा ¥याली निकाल्नुका साथै साँझ दिपावली कार्यक्रम समेत गरेको छ ।

 

 

Shares

Be the first to comment on "गणतन्त्र दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*