गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजकुमार भुजेल/चरिकोट- १६ औं गणतन्त्र दिवसको अबसरमा अनेरास्ववियु (क्रान्तिकारी) दोलखाले एक कार्यक्रमका बिच भिमेश्वर नगरपालिका अनर्थलाय स्थित गौरिशंकर बालगृहका २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। सोमबार दिउँसो मिठाई /चक्लेट खुवाउदै बालबालिकालाई खुशी पर्दै शैक्षिक सामाग्री(कपि,कलम) हस्तान्तरण गरिएको अनेरास्ववियु (क्रान्तिकारी) दोलखाका जिल्ला सदस्य सुदिपकुमार कार्कीले जानकारी दिनुभयो। कार्यक्रम अनेरास्ववियु (क्रान्तिकारी) दोलखाका जिल्ला संयोजक आर्टिस्ट मोक्तानको संयोजनमा भएको थियो। सोहि अवसरमा संयोजक मोक्तानले शैक्षिक सामग्री सहयोगले बालबालिकाको शैक्षिक गुणस्तरमा थप टेवा सहित हैसाला पुग्ने र यस्ता सहयोगका कार्यक्रम बेला बेलामा गरिरहने बताउनुभयो। कार्यक्रममा क्रान्तिकारी दोलखाका जिल्ला सदस्य सहित पदाधिकारीहरुको विशेष सहभागिता रहेको थियो।

Shares

Be the first to comment on "गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*