काठमाडौँ, २४ फागुन : सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गर्नुभएको छ । संसद्मा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले संसद्मा उठाइएका दुई युवा मारिएको बालकुमारी–घटनामाथि उठेका प्रश्न मन्त्रिपरिषद्को पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भएको बताउनुभयो । “सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप सत्य छैन । संसद्मा नियमित कार्यतालिका बनाएर सवाल जवाफ सुरु गर्ने प्रधानमन्त्रीमाथि लगाइएको त्यस्तो आरोप स्वीकार्य छैन ।” प्रधानमन्त्री दाहालले मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता भइरहेको र सहकारी पीडितका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगमा कार्यदल बनाइ काम भइरहेको जानकारी दिनुभयो । समस्याग्रस्त लघुवित्त र सहकारीबाट नागरिकका बचत हिनामिना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरीबाट छानबिन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भएको पनि उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालको सम्बोधन जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल आएको थियो । —
गठबन्धन फेरिएपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०८०, बिहीबार १५:००
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "गठबन्धन फेरिएपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन"