गजल

कठै ! माया किन्छु भन्ने देखें बजारमा
बोलेको मोल् दिन्छु भन्ने देखें बजारमा

परिभाषा जान्दिन म तर माया के हो ?
राम्रै सँग चिन्छु भन्ने देखें बजारमा

नाइनास्ती केका लागि भीख माग्याहो र ?
लौ ! रुपैँया गिन्छु भन्ने देखें बजारमा

पिसिनुको दोष के छ आखिरिमा घुनको
चामलसँगै पिन्छु भन्ने देखें बजारमा

हुने मात्र बोल्नु पर्छ नसकिने जुन
टिपी देउ लिन्छु भन्ने देखें बजारमा

मिले मिल्छ सौदा–बाजी नमिलेमा ल है !
ढिलो भयो हिन्छु भन्ने देखें बजारमा

Shares

Be the first to comment on "गजल"

Leave a comment

Your email address will not be published.


*