खोप लगाएपछि ढुक्क

दीक्षण समाचार /चरिकोट, –५१ वर्षीय मोहन बहादुर कार्की ख वर्गका अपाङ्ग हुन् । उनी चरिकोटस्थित सार्वजनिक शौचालय सञ्चालक तथा व्यवस्थापक हुन् । यो उनको दैनिकी सञ्चालनका लागि बाध्यताको काम रहेको छ । यसको विकल्प उनको क्षमता अनुसारको अरु अवसर पाउन सकेका छैनन् । शौचालय प्रयोग गर्न आउने मानिसहरुबाट कोरोना फैलने जोखिममा उनीसगैं उनका परिवार रहेका छन् । यो डर र चिन्ताले उनको आत्मबल कमजोर बनाएको थियो । तर अहिले उनी ढुक्क भएका छन् । किनकी लामो समयको पर्खाइ पछि खोप लगाउने पालो पाएसँगै उनले खोप लगाएका छन् । उनले सोमबार एक मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सन नामक खोप लगाएका हुन् । खोपको आशमा यसअघि उनी पटकपटक खोप केन्द्रमा गएका थिए । खोप लगाउन नपाएपछि खोप नपाइने निराशामा थिए। तर सरकारले अपाङ्गता भएका व्यक्तिलाई खोप प्राथमिकतामा राख्ने भन्दै उनी आशावादी थिए । ५०–५४ बर्ष उमेर समुह, छुटफुट स्वास्थ्यकर्मी र पुर्ण अपाङ्गता भएका ब्यक्तिहरु (क र ख वर्ग)लाई खोप दिने पालो आएको छ । भीडभाड कम रहेको मौका छोपेर उनी श्रीमतीसगैं खोप लगाउन गए । १ बजे खोप केन्द्रमा पुगेका मोहन खोप लगाउन आतुर र उत्साहित थिए । खोप कार्यकताले सजिलै खोप लगाइदिए । खोप लगाएपछि मोहन बहादुरले भने” खोप लगाइदिने स्वास्थ्यकर्मीले लामो सास फेर भन्दै थिए। एक पटक लामो सास फेर्दा खोप लगाइदिई सकेछन् । अब त सुरक्षित भइयो ।“जोन्सन एण्ड जोन्सन खोप अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको हो । यो खोप एक मात्रा लगाए पुग्छ । दोलखामा यो खोप साउन ८ गतेबाट लगाउन सुरु गरिएको हो । मंगलबारसम्म चार हजार चार सय ८३ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिकामा एक हजार २ सय १४, जिरी नगरपालिमा ४ सय ९५, कालिन्चोक गाउँपालिकामा ८ सय १३, गौरिशकर गाउँपालिकामा १६७ जनाले खोप लगाएका छन् । त्यसैगरी मेलुङ गाउँपालिकामा ७ सय ९४ जना र शैलुङ गाउँपालिकामा एक हजार जनाले खोप लगाएका छन् । अब बैतेश्वर गाउँपालिकामा साउन १३ र १४ गते र तामाकोशी गाउँपालिकामा १४ र १५ गते खोप लगाउने कार्यक्रम रहेको छ ।

Shares

Be the first to comment on "खोप लगाएपछि ढुक्क"

Leave a comment

Your email address will not be published.


*