खोप केन्द्रको भवन उद्घाटन

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ७
दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटी स्थित दियालेखर्कमा खोप केन्द्रको भवन आइतबार उद्घाटन गरिएको छ । नियमित खोप सेवा उपलब्ध गराउनको लागि गाउँपालिकाको २० लाख लागतमा निर्माण भएको भवन पालिका अध्यक्ष नरबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँले नियमित खोप सेवा प्राप्त गर्न जनतालाई सुलभ र सहज होस् भनि भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उपभोक्ता समितिमार्फत् दुई लगाएर निर्माण गरिएको भवनमा तीन वटा कोठा रहेको छ । खोप केन्द्रको भवनमा खोप सेवा मात्र होइन, स्वास्थ्य चौकीको सेवा पनि सुरु गरिएको छ । पवटी स्वास्थ्य चौकीले खोप केन्द्रमा आफ्नो १ जना अहेव कर्मचारी काजमा खटाएर सेवा प्रदान गर्न थालेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईँले बताउनुभयो । उहाँका अनुसार खोप केन्द्रको भवनबाट स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु पवटी स्वास्थ्य चौकी अन्तर्गत उपलब्ध गराइने छ । वडाध्यक्ष ईश्वर कोइरालाले प्रसुति सेवा बाहेक सबै सेवाहरु साविक वडा नं. १, २ र ३ का स्थानीयलाई उपलब्ध हुने बताउनुभयो । उक्त सेवा निरन्तर दैनिक रुपमा प्रदान हुने गरी सहमति भएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीको सेवा खोप केन्द्रबाटै पाउने भएपछि दियालीखर्कका बिरामीले १ घण्टा लाग्ने बाटो हुँदै पवटी स्वास्थ्य चौकीमा आउनुपर्ने बाध्यता हट्ने भएको हो । साविकाका ३ वटा वडाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी सुरु गरिएको सेवाले नागरिकलाई सुलभता र सहजता हुने वडाधयक्ष कोइरालाले बताउनुभयो । खोप केन्द्रमा खोप लगाइनुका सँगै बिरामीको परीक्षण, सामान्य उपचार, गर्भवती जाँच, परिवार नियोजनाका सामाग्री तथा परामर्श, औषधि वितरण गरिने छ । आवश्यक औषधि, सामग्री तथा फर्निचरका सामानहरु गाउँपालिकाले उपलब्ध गराएपछि स्वास्थ्यचौकीको सेवा पनि दिन थालिएको हो । खोप केन्द्रमा हप्ताको एक दिन पवटी स्वास्थ्य चौकीको इन्चार्ज सहभागी हुनुहुने वडाध्यक्ष कोइरालाले बताउनुभयो । खोप केन्द्रलाई सामुदायिक स्वास्थ्य इकाईमा रुपान्तरण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "खोप केन्द्रको भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*