‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’

सिन्धुपाल्चोक, २० मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक तेक्वान्दो सङ्घले आज आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले खेलकुदमार्फत नेपाललाई विश्वसामु चिनाउने र पर्यटन प्रवद्र्धन गर्न मद्दत पु¥याउने उल्लेख गर्नुभयो । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कारबापतको रकम समयमै उपलब्ध गराउने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र यस क्षेत्रको भविश्य उज्वल रहने बताउनुभयो । राम्रा खेलाडीले विभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै उनीहरूको विकास हुने विश्वास व्यक्त गर्नुभयो । पैसाकै अभावका कारण उपचार नपाएर कसैको ज्यान जान गुमाउनुपर्ने अवस्था अब नरहने भन्दै मन्त्री बस्नेतले खेलाडीको स्वास्थ्योपचारमा सरकारले सदैव सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सहआयोजक बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा लगायतको उपस्थिति थियो ।रासस

Shares

Be the first to comment on "‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’"

Leave a comment

Your email address will not be published.


*