खिम्ती–१ को सेयर दिन स्थानीयहरुको माग

चरिकोट(दीस)ः तामाकोसी गाउँपालिकामा निर्माण भएको खिम्ती १ जलविद्युत आयोजनाको शेयर आफूहरुलाई दिनु पर्ने स्थानीयहरुले माग गरेका छन् । दोलखा तथा रामेछापका प्रभावित क्षेत्रका वासिन्दाहरुले शेयर पाउनु पर्ने माग प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले गरेका हुन् ।
प्रभावित क्षेत्रका स्थानीय तहका सरकारहरुको संयुक्त बैठक बसी आयोजनाको शेयर स्थानीय प्रभावितहरुलाई उपलब्ध गराउन माग गरेका हुन् । विद्युत उत्पादन भएको २३ वर्ष पुरा भएपनि आयोजनाले स्थानीयलाई सेयर उपलब्ध नगराएकाले तत्काल सेयर उपलब्ध गराउन उहाँहरुले माग गर्नु भएको थियो । हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच हुने संयुक्त कम्पनीले आयोजनाबाट प्रभावित जनतालाई निशुल्क १० प्रतिशत सेयर दिने प्रक्रिया तत्काल सुरुवात गर्न र कम्पनी निर्माणमा स्थानीय सरकारको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको तामाकोसी गाउँपालिकाका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिनुभयो । तामाकोसी गाउँपालिका ५ किर्नेटारमा बसेको बैठकले निर्णय कार्यान्वयन, सहजीकरण तथा समन्वय गर्न तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी संयोजक र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) सहसंयोजक रहनेगरी ९ सदस्यीय समिति समेत गठन गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "खिम्ती–१ को सेयर दिन स्थानीयहरुको माग"

Leave a comment

Your email address will not be published.


*