खिम्ती शिवालय जलविद्युत आयोजना निर्माण गर्न बंगलादेशलाई आग्रह

काठमाडौँ (दीस)– दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकामा रहेका खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न सरकारले वंगलादेशसँग प्रस्ताव गरेको छ । यो साता दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा प्रस्ताव गरेको जनाइएको छ । उर्जा मन्त्रालयका अधिकारीका अनुसार बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भएको थियो । रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाएर विजुली उत्पादन गर्न अध्ययन भैरहेको छ । बंगालदेशमा बिद्युतको अभाबसँगै बंगलादेशले सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न चासो देखाउँदै आएको अधिकारीहरुको भनाई रहेको छ । यस आयोजना निर्माण भएमा सुनकोसी–३ बाट ५ सय ३६ मेगावाट र खिम्ती–शिवालयबाट ६ सय मेगावाट विद्युत् उत्पादनको हुने अनुमान गरिएको छ । दोलखामा निर्माण भएको ४ सय ५६ मेघावटको तामाकोसी जलविद्युत तथा सिंगटी खोला २५ मेघावटको विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिएसँगै बर्षाको समयमा देशमा बिद्युत खेर जाने अबस्था आउने भएपछि सरकारले केहीदिन अघि भारतको बिहार राज्यसँग पनि विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको थियो । भारत सरकारले सहमति जनाएमा नेपालले बंगलादेशसँग विद्युत् व्यापारका लागि भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ ।ती आयोजनामा संयुक्त लगानी गर्ने विषयमा पनि बैठकमा छलफल भएको हो । नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कम्पनी अफ बंगलादेश (पीजीसीबी) को संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा लगानी कम्पनी खोलेर आयोजना विकास गर्न छलफल भएको जनाइएको छ । यी दुवै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन विद्युत् विकास विभागले गरिरहेको छ । ‘

Shares

Be the first to comment on "खिम्ती शिवालय जलविद्युत आयोजना निर्माण गर्न बंगलादेशलाई आग्रह"

Leave a comment

Your email address will not be published.


*