खारे खोलाका कति कति शेयर हाल्न पाउँछ ? अधिकतम ५ लाख कित्तासम्मका लागि सेयर आवेदन दिन पाउने

दीक्षण समाचार
चरिकोट, १५ पुस
तल्लो खारे खोला प्रभावित क्षेत्रबासीका लागि सेयर खुलेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर आइतबारदेखि बिक्री खुला गरेको हो ।
कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको सेयर बिक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित (गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिका) र दोलखालीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्मका लागि सेयर आवेदन दिन पाउने छन् । सेयर आवेदन दिन चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालाई केन्द्र तोकिएको छ ।
स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको ७५ करोड ६ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार २ सय ६० कित्ता सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
६ महिनापछि विद्युत उत्पादन हुने
आयोजनाले ६ महिनापछि विद्युत उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ७० प्रतिशत काम पूरा भएको कम्पनीका कार्यकारी अध्यक्ष विनय भण्डारीले जानकारी दिए । आयोजनाको गुरुम्फीमा बाँध बाँधेरे सुरी दोभानमा पावर हाउस निर्माण गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल हेडवक्स, पाइप लाइन र विद्युत गृहको काम गर्दै आएको छ ।

Shares

Be the first to comment on "खारे खोलाका कति कति शेयर हाल्न पाउँछ ? अधिकतम ५ लाख कित्तासम्मका लागि सेयर आवेदन दिन पाउने"

Leave a comment

Your email address will not be published.


*