खारेमा बाख्रा पालन तालिम ः बाख्रा पाल्ने किसान बढ्दै

उद्बब बिश्वकर्मा

खारे फागनु २८
दोलखाको गौरीशंकर गाउँपालिका ८ खारेमा  सात दिने बाख्रा पालन सीप बिकास तालिम बुधबार सम्पन्न भएको छ ।

घरेलु तथा साना उधोग विकास समिति दोलखाको आर्थिक सहयोग र सहयोगी संस्था नेपाल जिल्ला शाखा  दोलखाको गरिब निवारणका लागि लघु उद्यम विकास कार्यक्रम  अन्तर्गत तालिम सम्पन्न भएकाे हाे । फागनु २२ गतेबाट सुरु भएको तालिममा वडाका १२ जना पशुपालक कृषकहरुको सहभागिता रहेको थियो ।
बाख्राका जात, बाख्रामा लाग्ने रोग आधुनिक खोर व्यवस्थापन, बाख्रा पालनमा उचित ठाउँको प्रयोग, घाँस लगाउने मौसम बिधी, बाख्रालाई पौष्टिक आहारा निर्माण, बिमा लगायतको विषयमा पशु चिकित्सक दिपक थपलियाले सहजीकरण गरेका थिए । तालिममा सहभागी कुमार तमाङले तालिमबाट बाख्रा पालन व्यवस्थित बनाई व्यवसायिक बन्ने जानकारी पाएको खुशी लागेको बताए ।
त्यसैगरि पञ्चे तमाङले बाख्रा पालेर भरपुर आम्दानी गर्नका लागि तालिमले थप उत्साह मिलेको बताए ।
तालीम समापन समारोहमा वडा नम्बर ८ खारेका अध्यक्ष उदय बहादुर खड्काले तालिममा सहभागी पशुपालक किसानहरुलाई तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्न उन्नत जातको बाख्रा पालन गर्न आग्रह गरे । उनले आफ्नै गाउँमा बसेर उन्नत जातको बाख्रा पालन गरे आम्दानी पनि हुने रमाइलो पनि हुने कुरा बताए । तालिम समापन समाराेहमा सहयोगी संस्था नेपालका कार्यक्रम व्यवस्थाापक जिवराज लम्साल नेपाल युवा परिषद दोलखाका अध्यक्ष इश्वर दाहाल लगायतले मन्तव्य राखेका थिए
गौरीशंकर गाउँपालिकामा पछिल्लो समय बाख्र पालनमा पशुपालक किसानहरुको आकर्षण बढ्न थालेको छ ।

बिश्वकर्मा राष्ट्रिय दलित पत्रकार स‌घ दाेलखाका सचिव हुन् ।

Shares

Be the first to comment on "खारेमा बाख्रा पालन तालिम ः बाख्रा पाल्ने किसान बढ्दै"

Leave a comment

Your email address will not be published.


*