खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

चरिकाेट, पुस २६, चरिकोट बजार सामुदायिक खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले विमल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, सचिव नारायणभक्त श्रेष्ठ, सहसचिव रोशन कुमार श्रेष्ठ, कोषाध्यक्ष प्रविन श्रेष्ठ चयन  भएका छन् भने सदस्यहरू बालकुमारी श्रेष्ठ,अनीता श्रेष्ठ,नवीना तमाङ, दतिराम श्रेष्ठ, श्रीराम श्रेष्ठ, सुबास श्रेष्ठ, पहल थामी र लाल बहादुर पाठक रहेका छन‍् । चरिकोट बजार सामुदायिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव नारायणभक्त श्रेष्ठ वार्षिक तथा करिब १२ लाख बराबरको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा भीमेश्वर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामेश्वर मानन्धर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*