खाद्य तथा सरसफाई सामग्री वितरण

चरिकोट, – दोलखाको कालिञ्चोक गाउँपालिकाको तीन वडाका कोभिड १९ प्रभावित समुदायका अति विपन्न ५० घर धुरीलाई खाद्य तथा सरसफाई सामग्री वितरण गरिएको छ । सो समुदायलाई दशैँ मनाउनको लागि सहयोग स्वरुप कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत शनिबार वडामै पुगेर खाद्य तथा सरसफाई सामग्री वितरण गरिएको हो । कोभिड १९ प्रतिकार्य कार्यक्रम लुरथर वल्र्ड फेडेरेसनसँगको साझेदारीमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको छ ।

वडा कार्यालयले छनोट गरी सिफारिस गरेका घरपरिवारलाई २५ किलो चामल, दाल, खानेतेल, नुन, पिठो र सरसफाइको सामग्री वितरण गरिएको हुराडेक नेपालका अध्यक्ष उद्धव पोखरेलले बताउनुभयो । हुराडेक नेपाल, दोलखाका कार्यसमिति सदस्य गंगा पौडेल, कार्यकारी निर्देशक सुन्दर लामीछाने, प्रशासन प्रमुख शेर बहादुर भुजेल, लेखा प्रमुख कृष्ण भुजेल लगायतले उपस्थितिमा सामग्री वितरण गरिएको हो

Shares

Be the first to comment on "खाद्य तथा सरसफाई सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*