खाडीचौर जिरी सडक नियमित सञ्चालनका नागरिक समाजको ध्यानाकर्षण

चरिकोट– जिल्लालाई राजधानी काठमाण्डौंसँग जोड्ने सबै भन्दा सिधा र नजिक पर्ने मार्ग अन्र्तगतको खाडीचौर जिरी सडक नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भन्दै जिल्ला स्थित नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
आज दिउँसो दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल समक्ष बुझाईएको ध्यानाकर्षण पत्रमा सडक बिस्तार कार्य सुरु भए सँगै दोलखा र सिन्धुपाल्चोक जिल्लाका नागरिकहरुले निक्कै सास्ती र हैरानी खेप्दै आएको भन्दै सडक जस्तो अति संवेदनशील क्षेत्रलाई सधै भरी सञ्चालन हुने गरी आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको खाडीचौर देखी दोलखा सदरमुकाम चरिकोट हुँदै तामाकोसी सम्मको सडक विस्तार भईरहेको बर्तमान अवस्थामा विविध कारणले सडक जाम हुन गई यात्रुहरुले कष्टपुर्ण यात्रा गर्नु परिरहेको बर्तमान अवस्थाको अन्त्यका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाईएको दोलखाका नागरिक अगुवा तथा बरिष्ठ सञ्चारकर्मी चिरञ्जीवी मास्केले बताए । जस्तो सुकै अवस्थामा सडक जाम हुन नदिनका लागि आवश्यक उपायँहरुको अबलम्बन गर्न सम्बन्धि सरोकारवाला निकायहरुलाई आवश्यक निर्देशन गरी ध्यानाकर्षण होस् भनेर ध्यानाकर्षण गराईएको नेपाल पत्रकार महासंघ, दोलखाका अध्यक्ष जीवन लामाले बताए ।
केही दिन देखी रात्रीकालीन अवस्थामा सडक बन्द गरी सडक सुधारको कार्य गरे पनि उक्त कार्य सफल हुने नसकेको सडकमा भारी क्षमता बोक्ने १० देखी १२ वटा सम्म चक्का भएको ढुवानीका हेभी सवारी सानधका कारणले गर्दा सडक मर्मत गर्ने विक्तिकै विग्रने भएकाले त्यस्ता हेभी सवारी साधनलाई व्यवस्थापन गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश सदस्य रविन्द्र गौतमले बताए । सम्वन्धित निर्माण कम्पनी लगायत अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी सडक निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरिय किसिमले निर्माण गर्ने वातावरणका लागि समेत नागरिक समाजले आग्रह गरेको हुराडेक नेपाल दोखलाका अध्यक्ष उद्धव पोखरेलले बताए ।
नागरिक समाज र सञ्चारकर्मीको ज्ञापन पत्र बुझ्नु हुँदै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफु भोली नै सडकको अवस्थाको बारेमा स्थालगत अनुगमनमा जाने र सुधारका लागि आवश्यक प्रयास गर्ने प्रतिवद्धता जनाए ।

Shares

Be the first to comment on "खाडीचौर जिरी सडक नियमित सञ्चालनका नागरिक समाजको ध्यानाकर्षण"

Leave a comment

Your email address will not be published.


*