ओखलढुङ्गा जाँदै गरेको बस बोचमा दुर्घटना, १ दर्जन बढी घाइते

चरिकोट, दीक्षण समाचार – काठमाडौंबाट ओखलढुंगाका लागि जाँदै गरेको यात्रुबाहक बस दोलखाको भिमेश्वर नगरपालिका-८, बोचमा दुर्घटनाग्रस्त हुँदा १ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ।

लामोसाँघु–जिरी सडकखण्डमा भएको यो दुर्घटना प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो। प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार बस ओखलढुंगाको सिद्धिचरण नगरपालिका गाम्नाङटारका लागि गइरहेको थियो।

घाइतेहरूलाई तत्कालै चरिकोट अस्पतालमा लगिएको छ भने थप विवरणहरू आउन बाँकी रहेको छ।

Shares

Be the first to comment on "ओखलढुङ्गा जाँदै गरेको बस बोचमा दुर्घटना, १ दर्जन बढी घाइते"

Leave a comment

Your email address will not be published.


*