दाेलखाका पत्रकारहरुलाई तालिम

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र २
दोलखाको सदरमुकाम चरीकोटमा अनुसन्धानमूलक पत्रकारिता र फिचर लेखन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी भीमेश्वर नगरपालिकाका सहयोगमा नेपाल पत्रकार महासंघ दोलखाले आयोजना गरेको तालिममा २५ जना सहभागी थिए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । तालिम समापन समारोहमा बोल्दै झाले पत्रकारितामा चुनौति जति छ, त्यो भन्दा बढी अवसर रहेको सुनाउँहुँदै अवसरका लागि पत्रकारले आफ्नो क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा रहेको विकृति, विसंगतीको निराकरणका लागि रुपान्तरणकारी भूमिकामा पत्रकार रहनुपर्ने उल्लेख गर्नुभयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले स्थानीय तहमा सम्पन्न असल कामहरुको समाचार बनाउन र समृद्धिको अभियानमा निरन्तर कलम चलाइनुपर्ने बताउनुभयो । उहाँले दक्ष र व्यावसायिक बनेमा पत्रकारले समाज रुपान्तरणसँगै आफ्नो जीवनलाई पनि सफल बनाउने सुनाउनुभयो । पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँले पत्रकारितामा नव प्रवेशीहरुलाई पूराना पुस्ताले अभिभावको जिम्मेवारी बहन गर्दै सहयोग गर्नुपर्ने बताउनुभयो । तालिमका सहभागीहरुलाई नगर प्रमुख केसीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दाेलखाका पत्रकारहरुलाई तालिम"

Leave a comment

Your email address will not be published.


*