क्षतिपुर्ती माग गर्दै लास बुभm्न अस्वीकार

सिन्धुपाल्चोकमा जम्मा भएका मृतकमा आफन्त फोटो –शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालको फेसवुक बाट

चरिकोट –आइतबार भएको बस दुर्घटनाका आफन्तले क्षतिपुर्ती माग गर्दै आज लास बुभm्न अस्वीकार गरेका छन । उचित क्षतिपुर्तीको माग गर्दै उनीहरुले अरनिको राजमार्ग आज १२ बजे देखी ४ बजे सम्म अबरोध गरेका थिए । दोलखाका ३ जना सांसद पार्वत गुरुङ ,पशुपति चौलागाई तथा विशाल खडका तथा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल ,दोलखा र सिन्धुपाल्चोकको प्रशासन तथा मृतकका परिवार सहितको बैठकले आज राती १० बजे पुःन दोस्रो चरणको पुर्व अरनिको यातायातका प्रतिनिधीसँग बार्ता गर्ने सहमति सहित सडक अबरोध खुला गरेका छन ।उनीहरुले विमाको रकमको पाँच लाख बाहेक मृतकका परिवारलाई पुर्व अरनिको यातायातले थप पाँच लाख रुपैया दिनु पर्ने माग गरेका छन । सुनकोसी नदीमा यात्रुबाहक बस खस्दा मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका१५ जना परेका छन् जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ ।
दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका-९ को सुकुटेनजिकैबाट नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार बिहान काभ्रेको नेपालथोकमा दोलखा शैलुङ गाउँपालिकाकी बालिका वियाना तामाङको शव भेटिएको हो ।

बस सडकबाट करिब २० मिटर तल नदीमा खसी दुर्घटना भएको हो । सोमबार बिहानसम्म १७ जनाकै सनाखत भएको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका-९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका-३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ -५ का रितेश खड्का र शैलुङ-७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार मृत्यु हुने अन्यमा काभ्रेको रोशी गाउँपालिका-५ की सजिना तामाङ, पूरा ठेगाना नखुलेकी दोलखाकी उर्मिला मोक्तान, अर्का वतन नखुलेका तीनमहिने शिशु रोशन तामाङ र शैलङ-४ का दिल लामा रहेका छन् ।

उपचारका क्रममा बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ-४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो । त्यसैगरी शैलुङ गाउँपालिका-५ को ३८ वर्षिय सानु राउत आले, शैलुङ गाउँपालिका-२ की ७० वर्षीया उर्माया मोक्तान र चितवन पातिहानीकी पूजा बस्नेतको पनि सनाखत भएको प्रहरी जनाएको छ ।

घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । उद्धारका लागि स्थानीय, ¥याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । नदीमा केही यात्रु बेपत्ता भएको आशंकाले सोमबार पनि खोजी कार्य जारी राखिएको छ ।
शोक घडीमा सोमबार शैलुङ गाउँपालिकाले सोमबार विदा दिएको थियो । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोक घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने जानकारी दिएका थिए । ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ।’ विज्ञप्तिमा लेखिएको थियो। शोकलाई शक्तिमा बदल्नै आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द गरेको थियो ।

Shares

Be the first to comment on "क्षतिपुर्ती माग गर्दै लास बुभm्न अस्वीकार"

Leave a comment

Your email address will not be published.


*