दोलखामा क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधी

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १९
देशमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेको छ । कोरोनाले देशमा ८ जनाको ज्यान लिएको छ । बिश्वमा महामारी लिएको कोरोनाले प्रति रक्षा प्रणाली नष्ट गरेर बिरामीको ज्यान जानेको गरेको छ । कोरोनाको संक्रमण नहोस भनेर दोलखामा नागरिकको प्रतिरक्षा प्रणाली कसरी मजभुत बनाउन सकिन्छ भनेर जनतालाई जागरुक बनाउने अभियानमा लागेको छ दोलखाको आयुर्वेदिक कार्यालय ।
दोलखामा क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गर्न थालिएको छ ।क्वारेन्टाइनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले स्वस्थ रहने उपायसगैं रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्न थालेको हो। आइतबार कालिञ्चोक गाउँपालिकाको क्वारेन्टाइनमै पुगि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अश्वगन्धा चुर्ना, आमलकी लगायतका औषधी वितरण गरिएको हो ।
क्वारेन्टाइनमा योगाभ्यास
कालिञ्चोक गाउँपालिकाको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका मानिसहरुलाई मानसिक तनावबाट मुक्त गराउन योगाभ्यास गराइएको छ। कविराज निरीक्षक विमलकुमार श्रेष्ठले योगाभ्यासमा स्वस्थ खानपान, योग व्यायाम, प्राणायाम आयुर्वेद लगायतबारे जानकारी दिइएको बताए । आत्मबल बढाउन योगाभ्यासको भूमिका महत्वपूर्ण हुने भएकाले क्वारेन्टाइनमा योग प्रशिक्षण दिइएको हो ‌। रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका मानिसहरू कोरोनाको कहरसँगै स्वदेश फर्कने क्रम बढेपछि क्वारेन्टाइनमा केही निश्चित समयसम्मका लागि राखिएका नागरिकलाई हौसला दिने कार्यक्रम अगाडि बढाएको हो

Shares

Be the first to comment on "दोलखामा क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधी"

Leave a comment

Your email address will not be published.


*