क्रिकेट रङ्गशाला निर्माणका लागि दोलखाका जिरेलद्वारा ५१ हजार सहयोग

काठमाडौं(दीस)– दोलखाका युवा ब्यवसायी शान्त कुमार जिरेलले जन्म दिनको अबसरमा जनस्तरबाट निर्माण भई रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेका छन् ।
युवा उद्यमी शान्त कुमार जिरेलले आफ्नो जन्मदिनको अवसरमा रङ्गशाला निर्माणका लागि ५१ हजार १ सय ५० रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका जिरेलले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि रङ्गशाला निर्माणका अभियानता सिताराम कटेल धुर्मुशलाई रकम हस्तान्तरण गरेका हुन् । राष्ट्र निर्माणमा योगदान होस भनेर सहयोग गरेको बताए । सबैको साथ र सहयोगका कारण अन्तर्रा्ष्ट्रिय रङ्गशाला निर्माण तिब्र गतिमा भई रहेको र केही महिनामा नै निर्माण सम्पन्न हुने सिताराम कटेल धुर्मुशले बताए । हाल चितवनमा अन्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण भइराखेको छ ।

Shares

Be the first to comment on "क्रिकेट रङ्गशाला निर्माणका लागि दोलखाका जिरेलद्वारा ५१ हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*