क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरा ग्लोरियस एकेडेमीद्धारा कव्जा

चरिकोट –गणतन्त्र दिवसको अवसरमा दोलखा जिल्लामै पहिलोपटक आयोजना गरिएको सर्वा्धिक पुरस्कार राशि भएको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरा ग्लोरियस एकेडेमीले जितेको छ । सदरमुकाम चरिकोट स्थित टुडिखेलमा आज भएको फाइनल खेलमा त्रिपुरा ग्लोरियसले चरिकोट युथ क्लबलाई १४२ रनले हराउदै उपाधि हात पार्न सफल भएको हो।
टस जितेर ब्याटिङ रोजेका त्रिपुरा ग्लोरियसले ६ विकेटको क्षतिमा २७६ रन बनाएको थियो । जितका लागि त्रिपुरा ग्लोरियसका अरनिको यादवले सबैभन्दा बढि १४६ जोडदै बिशाल योगफल बनाएका थिए । जितका लागि २७७ रनको लक्ष्य पछ्याएको चरिकोट युथ क्लबले जितको लागि १३४ रन बनाउदा सवै विकेट गुमाएको थियो ।
फइनल खेलमा अरनिको यादवले सबैभन्दा बढि ४ विकेट लिएका छन्। यादव खेलको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भएका थिए । विजेता र उपविजेता टिमलाई भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले पुरस्कार प्रदान गरेका थिए ।
विजेता र उपविजेता टिमलाई सिल्ड, मेडल प्रमाणपत्र सहित नगद क्रमशः ५५ हजार ५५५ र २५ हजार ५२५ रुपियाँ प्रदान गरिएको आयोजक क्रिकेट संघ दोलखका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
खेलमा त्रिपुरा ग्लोरियसका चन्दन गिरी बेष्ट विकेट किपर, कैलाश चन्द बेस्ट बलर र चरिकोट युथ क्लबका दिनेश वड बेष्ट ब्याट्सम्यान भएका छन्।
खेलका लागि अवार्ड पोइन्ट, होटल पावन, युगल भेराइटी सेन्टर, प्रिन्स ढावा एण्ड स्विट हाउस, द उड्स चरिकोट रिसोर्ट, त्रिपुरा ग्लोरियस एकेडेमी, अलपानइन पब्लिक स्कुल, द राईजिङ बोर्डिङ स्कुल र आँकुरा बोर्डिङ स्कुलले विशेष सहयोग गरेको आयोजकले जनाएको छ।

 

Shares

Be the first to comment on "क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरा ग्लोरियस एकेडेमीद्धारा कव्जा"

Leave a comment

Your email address will not be published.


*