महामारीमा इसाई परिवारद्धारा निशुल्क खाना बितरण

चरिकोट (दीस) –कोभिड–१९ बाट अक्रान्त बनेको दोलखा जिल्ला चरिकोट प्रादेशिक अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामी, बिरामीको कुरुवा र स्वास्थ्य कर्मीलाई निशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । लकडाउनमा परेकाहरुको लागि चरिकोट ईसाइ परिवारले २१ दिन यता निरन्तर खाना खुवाउने सम्पन्न गरेको हो दोलखामा लकडाउन भएसँगै होटलहरु बन्दा हुँदा बिरामी र बिरामी कुरुवालाई बिहान ११ बजेदेखि दोलखाको चरिकोट प्रदेशिक परिसरमा निशुल्क स्वस्थकर खान दैनिक वितरण गर्दै आएको थिए । परिवारले २१ दिन देखि दैनिक १०० देखि १२० भन्दा बढि व्यक्तिहरुलाई स्वस्थकर खाना निशुल्क बितरण गरेको थियो । इसाई परिवार दोलखा संयोजक शक्ति पाख्रिनको अगुवाईमा निशुल्क खाना वितरण गरेका हुन् । पाख्रिन दोलखाको मात्र नभई नेपालकै चर्चित समाजसेवी हुन् ।
उनले १०औँ बर्ष अगाडि देखि नेपालको दुरदराजमा रहेका गरिब, असहाय र न्युन बर्गलाई खाद्यन्न, लत्ताकपडा र स्वास्थ्य सामगी्र वितरण गर्दै आएको छन् । चरिकोट इसाई परिवारले विहानको खाना ११ बजे गरेको थिए भने, खाना बनाउनको लागि चार जना कुक चार जना हेल्पर र १४ जनाले स्वतस्फूर्त सहयोग गर्दै आइरहेका छन् । खानामा दाल, भात, तरकारी, अचार, सलाद, माछा, मासु र फालफूल व्यवस्था गरेका थिए । कोभिड १९ को न्युनिकरण र रोकथाममा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई समेत खाना बिरण गरेको चरिकोट इसाई परिवा दोलखाका सल्लाहाकार टहल थामिले बताए । खानको लागि खाद्यन्न सामग्री इसाई परिवार, मण्डलिहरु र केहि सहयोगि दाताहरुको सहयोगमा गरेको हो । त्यसैगरी इसाई परिवारले गरेको सामाजिक क्षेत्रमा केहि रकम संकलन गरि लकडाउन प्रभावितहरुको लागि खाना खुवाउने कार्यक्रमको सरोकारवालाहरुले प्रशंसा गरेको छन् । चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले बिरामीलाई खानाको व्यवस्था गर्नु सराहनीय रहेको बताए । “निषेधाज्ञाको समयमा बिरामी र कुरुवालाई खानाको लागि असहज यो स्थितिमा इसाई परिवार दोलखाले व्यवस्था गर्नु साह्रै राम्रो कुरा हो”उनले भने, गत जेष्ठ २४ गते देखि दैनिक रुपमा निशुल्क खाना खुवाउने मानविय सेवा प्रति गरेको कामलाई उदारणको रुपमा इसाई परिवार दोलखा प्रस्तुत भएका छन् । ”लकडाउन प्रभावित जनतामा निकै राहत समेत पुगेको छ । यसबाट अरु व्यक्तिलाई समेत सामाजिक काम गर्न इसाई परिवार दोलखाले हौसला दिएको छ । इसाई परिवार दोलखाका संयोजक पाख्रिनले बाँकी रकम चरिकोट प्रदेशिक अस्पतालमा नै गरिब विपन्न परिवार टी.बि विरामीलाई हस्तारन्तरण गरेको र सामाजिक कार्यलाई अझै जोडतोडको साथ निरन्तरता दिने बताए । महामारी सामाजिक कार्य गरेकाेमा  गर्व महसुश भएकाे उनले बताए ।

 

Shares

Be the first to comment on "महामारीमा इसाई परिवारद्धारा निशुल्क खाना बितरण"

Leave a comment

Your email address will not be published.


*