कोरोना संक्रमितको संख्या १५ हजार ७ सय पुग्यो

काठमाडौं । नेपालमा आइतबार २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा अहिलेसम्म ६९४ संक्रमित भेटिएका छन् । ४६९ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश २ मा चार हजार १६० जनामा संक्रमण देखिँदा दुई हजार ३४ जना डिस्चार्ज भएका छन् । वाग्मती प्रदेशमा ५६३ जनामा संक्रमण देखिएको छ २३४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा ११ सय ४२ जनामा संक्रमण देखिएको छ भने २१४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ भने क्रमशः ११ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

देशका २५ प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरूमा ३१ हजार ५ सय ७३ जना छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानु पूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिए पनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिए पनि सर्ने खालको नभएको उनले बताए ।
पछिल्लो २४ घण्टामा २९३ जना थपिए कोरोना संक्रमित

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने उनले बताए । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताए ।

ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाइकर्मीहरूलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।

Shares

Be the first to comment on "कोरोना संक्रमितको संख्या १५ हजार ७ सय पुग्यो"

Leave a comment

Your email address will not be published.


*