कोरोना संक्रमण मुक्त बन्यो दोलखा

दीक्षण समाचार
चरिकोट, मंसिर २०
कोरोना महामारीको बेला नराम्रोसँग प्रभावित बनेको दोलखा अहिले कोरोना संक्रमण न्यूनीकरण भएपछि पूरानै लयमा फर्किएको छ । यसअघि संक्रमित भएका बिरामीहरु सबै स्वस्थ भईसकेका छन् । संक्रमण न्यूनीकरण भएको भन्दै परीक्षण पहिचान गर्ने कार्य पनि गरिएको छैन । सोही कारण पनि जिल्लामा कोरोनाको संक्रमण घटेको भन्ने बुझ्न सकिन्छ । जिल्लामा बैशाख महिनादेखि नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना फैलिन थालेको थियो । यसको नियन्त्रणको लागि भन्दै विभिन्न सयममा सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउनुका साथै विभिन्न प्रयासहरु गरिए  । तर अपेक्षा अनुरुप कोरोना नियन्त्रणमा आउन सकेको थिएन । सात महिनाको संघर्षपछि दोलखामा कोरोना महामारी स्वतः न्यूनीकरण भएको छ । जिल्लामा सात महिनाको अवधिमा तीन हजार ७ सय १९ जनामा कोरोना संक्रमण भएको थियो । ती सबै निको भईसकेका छन् । कोरोना संक्रमण भएकामध्ये १३ जनाको मुत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणले नयाँ स्वरुप लिएर विश्वका विभिन्न देशमा फैलिन थालेको छ तर नेपालमा भने यसले प्रवेश भईसकेको छैन । तर जनमानसमा त्रास फैलिएको छ ।

Shares

Be the first to comment on "कोरोना संक्रमण मुक्त बन्यो दोलखा"

Leave a comment

Your email address will not be published.


*