कोरोना संक्रमणले नेकपाबाट निर्बाचित वडा अध्यक्ष लामाको मृत्यु

चरिकोट –दोलखाको शैलुङ गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्षको कोरोना संक्रमणले आज मृत्यु भएको छ । कोरोना संक्रमित वडा अध्यक्ष धावा वाङगेल लामा (प्रेम मोक्तान) को राजधानीको किस्ट अस्पलातमा उपचारको क्रममा मृत्यु भएको छ ।५३ बर्षिय लामा सुगर र उच्च रक्तचापका विरामी रहेकाेे बताईएकाेे छ ।  लामालाइ गत २३ गते थप उपचार लागि काठमाडौ रिफर गरिएको आज उपचार  क्रममा दिउँसाे ३ बजे उनको मृत्यु भएको शैलुङ गाउँपालिकाका नेकपाका पालिका सदस्य नेत्र मोक्तानले जानकारी दिए । उनी नेकपाका दोलखा जिल्ला कमिटी सदस्य समेत हुन । गत स्थानीय तहको निर्बाचनमा उनले नेकपा एमालेबाट बिजयी भएका थिए । दाेलखामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधी हुन ।

Shares

Be the first to comment on "कोरोना संक्रमणले नेकपाबाट निर्बाचित वडा अध्यक्ष लामाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*