कोरोना मुक्त भएसँगै दोलखामा प्रतिबन्ध हट्यो

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २७
कोरोना मुक्त भएसँगै दोलखामा सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । तेस्रो लहरको कोरोना संक्रमण बढेपछि बैशाखदेखि पटकपटक प्रमुख जिल्ला अधिकारीको आदेशमा विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको थियो ।अहिले कोरोना संक्रमणको प्रभाव नदेखिएको र जिल्ला कोरोना मुक्त भईसकोले यस अघि लागू गरिएका सम्पूर्ण प्रतिबन्ध र रोकावटहरुलाई हटाइएको सूचनामार्फत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय बमोजिम प्रतिबन्धहरु हटाइएको हो । कोरोना महामारीको कठिन अवस्थामा जारी भएका आदेशहरु परिपालना गर्ने सबै सरोकारवालाहरुलाई प्रशासनले धन्यवाद ज्ञापन गरेको छ । साथै कोभिड संक्रमण फेरी सक्रिय हुन सक्ने भन्दै आवश्यक स्वास्थ्य सजगता अपनाउन र मापदण्डहरुको पूर्ण रुपमा पालना गर्न उसले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "कोरोना मुक्त भएसँगै दोलखामा प्रतिबन्ध हट्यो"

Leave a comment

Your email address will not be published.


*