कोरोना भाइरस र लैंगिकताको सवाल

जानुका न्यौपाने

१२ चैत्र २०७६ बाट लक डाउन भयो । कोरोना भाइरससँग सम्बन्धित रहेर हामी सबैजना एक खालको भयमय वातावरणमा सम्पूर्ण नागरिकको दिनचर्या गुज्रिरहेको छ । यति बेला विश्व सामु कोरोना सामनाको चुनौती देखा परेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । तर हामी डर, त्रास र भय मुक्त भएर समाजमा भएका असहज परिस्थितिलाई सहज बनाउन पनि लाग्नु पर्छ होला । मैले किन यो अवस्थामा लैंगिकताको सवाल उठाएको छु भने १९ चैत्र २०७६ मा लकडाउनको समय भित्रका ति गर्भवती महिलाहरुले प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटमा सेवालिन सके त भनेर हेर्दा २९ जना महिलाहरु यहा ँआएर प्रसुती सेवा लिएका छन् । यो कस्तो अवस्थामा भन्दा कसैको सामान्य छ त कोही बच्चा उल्लटो भएर निस्कन नसकेर त कोही त्यो भन्दा जटिल अवस्थामा आए जसको शल्यक्रिया नै गर्नु पर्ने अवस्था थियो । हो यसैलाई मध्यनजर गरी हामीले हाम्रो समुदायमा गर्भवती आमा र बच्चाको पर्ख र हेरको अवस्थामा ज्यानग ुमाउनु नपरोस् भन्ने हो । २९ जना मात्र हैन अन्य सम्पूर्ण प्रसुती सेवालिन आवस्यक महिलाहरुका लागि पनि सहजहोस् भन्ने चाहना हो । हुन त यो महिलाको मात्र सवाल होइन तथापी मैले यसलाई विशेष प्राथमिकता दिइरहनुको पछाडि महिलाहरुसँगको निकटता मात्र हो ।
 गर्भवतीमहिलाहरु अनिवार्य चार पटक गर्भजाँचलाई कसरी व्यवस्थापन गर्ने ?

अनि घरमै प्रसुती भएका समयमा आउनसक्ने खरता जस्तै ः बच्चाको घाँटीमा सालनाल बेरिएर हुने समस्या, धेरै रक्तस्राब भएर आमाको ज्यान जान सक्ने, आमा र बच्चा दुबैको अवस्था गम्भिर भएको अवस्थामा के गर्ने भन्ने बारेमा पनि सबैले सोच्नु जरुरी छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरोकारवाल ापक्षहरु बीच छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ होला ।
यो समयमा आएको खतरा र ज्यान नै जान सक्ने अवस्थाको बारेमा सरोकारवालाहरु नै जवाफदेहि बन्नु पर्छ । यो लैंगिक संवेदनशील मात्र नभई पारिवारिक, सामाजिक र राष्ट्रिय रुपमा नै धक्का पुग्ने एउटा संवेदनशील सवाल हो । त्यसकारण कोरोना भाइरसको डर, त्रास र भयसँगै अर्को ज्यानजाने भय नबनोस् अहिलेको गर्भावस्थाका महिलाहरुका लागि ।

हरेक चुनौतीको अवस्थामा लैंगिकतासँगै जोडिएर आउने गर्दछ । उदाहरण २०७२ सालको भू–कम्पलाई नजिकबाट हेर्नेहरुलाई थाहा छ । जुन बेला किशोरी अनि महिलाहरुले भोग्नु परेका समस्या र जोखिमहरु । अहिले पनि सबैले सोच्नु पर्दछ कि महिला, बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरु बढी संकटासन्न अवस्थामा पुगेका छन् । सबैभन्दा बढी जोखिमउन्मुख छन् । यति बेला सबैजना जोखिममा परेका बेला, सबैजना घरमा संगैनै बसेका बेला विगतको भागदौडको जीन्दगीबाट छुट्करा मिलेको जस्तो पनि लाग्न सक्छ अनि रमाइलो पनि । तर यही समय कसैका लागि अभिसाप नबनोस् । किशोरीहरु महिनावारीमा पीडित नबनुन्, बलात्कृत नहुन, गर्भपतन नै परिवार नियोजनको साधनन बनोस्, अनइच्छित गर्भधारण नहोस्, असुरक्षित गर्भपतन नगरियोस् । यसप्रति सबैको ध्यान जानु जरुरी छ । कोही कसैलाई स–सानालाग्न सक्छन् यी सवालहरु तर जटिल र संवेदनशील छन् उत्तिकै ।
यही समयमा धेरै दुःख पीडा दिएको छ कोरोना भाइरसले त्यस माथि पनि कामको बोझन थपियोस महिलाहरुमा । परिवारका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरौं । सबै मिलेर पारिवारिक काम गरौं । कतै यही समयको पारिवारिक बसाईं कसैलाई पनि मानसिक, शारीरिक समस्याका रुपमा भविष्यमा देखान परोस् भन्ने मूख्य ध्यान जानु आवश्यक छ । दीर्घ रोगको औषधीको व्यवस्थापन गर्न सहयोग गरौं ।

यदि सम्भव छ भने प्रत्येक गाउँपालिका, नगरपालिकाका वडाहरुमा भएका प्रसुती सेवा दिने स्वास्थ्य संस्था सम्म पुग्नको लागि गर्भवती महिलाहरुलाई सहयोग पुग्नेगरी आपत्कालीन सेवा संञ्चालनको लागि एउटा यातायातको साधनको अनिवार्य व्यवस्था मिलाउन सकेमा अत्यन्तै प्रभावकारी हुन ेथियो । फलस्वरुप जो कोही पनि आपतकालीन स्वास्थ्य सेवा लिन सफल हुने थिए । जसले गर्दा अपांगता भएका मानिस, ज्येष्ठ नागरिक, महिलाबालबालिका मात्र नभई हरेक नागरिकलाई आपतकालीन सेवाका लागि स्वास्थ्य संस्थासम्म आवतजावत गर्न सहयोग पुग्ने थियो । यसमाकुनै व्यक्तिगत, आर्थिक, सामाजिक र राजनीतिक स्वास्र्थ नगासिएको होस् जसले सबैलाई सहज स्वास्थ्य सेवालिन सकारात्मक सहयोग पुग्नेछ र मानिसहरुमा यो नकारात्मकता अर्थात् डर, त्रास, भयबाट केही हदसम्म मुक्त भइ सकारात्मक सोचको विकास हुनेछ । किनकि स्थानीय सरकारका जनप्रतिनिधिहरुले नागरिकका लागि सोचेको छ भन्ने महशुस गर्नेछन् जस्तो लाग्छ मलाई । यो कसैलाई निर्देशन होइन मेरो सानो अनुरोध हो ।

हिजो मात्रै टेलिभिजनबाट समाचार सुनिरहँदा लाग्यो कतै मानवीयता त हराएन भनेर । सामूहिक बलात्कारको समाचार सुनिरहँदा । गाउँघरमा धेरै जना जम्मा हुने पोर्ट, क्यारम वोर्ड, तास,मादक पदार्थ सेवन, ध्रुमपान अनि के गर्ने छटपटि भइरहेको हुनसक्छ यस्तोबेलामा । सामाजिक काम गरौं । दुःखमा परेकाहरुलाई सहयोग गरौं । खेतीपातीको काम गरौं । कतै कुलतबाट आवेगमा आइ गलत निर्णय गरेर कसैलाई पीडित नबनाउँ अनिनबनौं यो सबैका लागि उचित होला । सरसफाई र हाँसीखुसी त अहिलेको अपरिहार्यतानै हो । भोलि धेरै छोरी, बुहारी, नातीनि, बहिनी, भाञ्जी, काकी, भाउजु, (किशोरी) आमाहरु मानसिक रुपमा विक्षिप्त भएको सबैले देख्नु, सुन्नु र भोग्नु नपरोस् । कोही अन इच्छित गर्भ रहेर असुरक्षित गर्भपतन गर्न बाध्य भइशारीरिक रुपमानै जटिलता नआओस् भन्ने पनि हो ।
जब जब देशमा संकट आउँछ तब तब महिला, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु जोखिममा पर्ने गरेका छन् । यो हामीले देखेका, सुनेका र भोगेका भोगाइका अनुभवहरुबाट सिकी अहिलेको संकटमा यस्तो अवस्था आउन नदिन र स्वास्थ्य जोखिम कम गर्न जोखिम आउनु पूर्व नै ध्यान पु¥याउनु उचित होला कि ।

Shares

Be the first to comment on "कोरोना भाइरस र लैंगिकताको सवाल"

Leave a comment

Your email address will not be published.


*