कोरोना भाइरस नेपाल: थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

चरिकाेट (दीस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,४२३ पुगेको छ। तीमध्ये ७,७५२ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५३ जना भाइरसमुक्त गएर घर फर्किएका छन्। अहिले देशभरि आइसोलेशनमा ८,६३६ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। बुधवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।

 

Shares

Be the first to comment on "कोरोना भाइरस नेपाल: थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*