कोरोना नियन्त्रणको कामना गर्दै बुद्ध जयन्तीमा दोलखामा दीपावली

दीक्षण समाचार
चरिकोट, बैशाख २६
२५६४ औँ बुद्धजयन्तीको अवसरमा कोरोना भाइरस नियन्त्रणको कामनासहित बिहीबार साँझ ७ बजे दोलखा जिल्लाबासीलेआआफ्नो घरमा द्वीप प्रज्वलन गरेका छन् ।
विश्व शान्ति, भातृत्व र कोरोना नियन्त्रणमा ऐक्यवद्धता जनाउदैँ जिल्लावासीले आ-आफ्नो घरमा बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन गरेका हुन् ।

 गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्ने उद्देश्यले कोरोनाभाइरसबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न दीप प्रज्वलन गरिएको हो । कोरोना संक्रममितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयमसेवीहरु, सञ्चारक्रर्मी कोरोना रोकथाममा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलन गरिएको हो ।
नेपाल सरकारले पनि बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको थियो । लकडाउनका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न नमिल्ने हुनाले सरकारले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सम्मानमा दीपावली गर्न अनुरोध गरेको थियो ।

Shares

Be the first to comment on "कोरोना नियन्त्रणको कामना गर्दै बुद्ध जयन्तीमा दोलखामा दीपावली"

Leave a comment

Your email address will not be published.


*