कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । नका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

Shares

Be the first to comment on "कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो"

Leave a comment

Your email address will not be published.


*