कोरोनाकाे कारण दोलखाका १ महिलाको मुत्यु

दीक्षण दैनिक
चरिकोट, बैशाख २६
कोरोना भाइरस संक्रमणको कारण दोलखाका १ महिलाको मृत्यु भएको छ । विगू गाउँपालिका स्थायी ठेगना भएका अन्दाजी ५० वर्षिया १ महिलाको काठमाडौँमा उपचारको क्रममा गएराती मृत्यु भएको विगु गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मधुकर गुरुङले बताए । ति महिला काठमाडौँबाट बैशाख २१ मा गाउँ फर्किएको र उनकाे स्वास्थ्यमा समस्या आएपछि सिंगटी अस्पताल हुदैँ चरिकोट अस्पताल र चरिकोट अस्पताल हुँदै काठमाडौँ रिफर गरिएको थियो । उनको उपचारको क्रममा गएराती मृत्यु भएको र आज आएको पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

Shares

Be the first to comment on "कोरोनाकाे कारण दोलखाका १ महिलाको मुत्यु"

Leave a comment

Your email address will not be published.


*