कोरोना कहर : मच्छिनो उद्योग प्रभावित

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ११
दोलखाको मेलुङ गाउँपालिका वडा नं ५ डाँडाखर्कका वडाध्यक्ष मान बहादुर थापामगरद्वारा सञ्चालित मच्छिनो तेल उद्योगमा कोरोना भाइरसको प्रभाव परेको छ ।
उद्योगबाट उत्पादित तेल विषेश गरि विदेशमा निर्यात हुने गरेको थियो । तर कोरोना भाइरसको कारण तेलको माग आउनै छाडेको छ । अघिल्लो वर्ष करिब १५ लाखसम्मको तेल निर्यात गरेको सुनाउने वडाध्यक्ष मगरले यो बर्ष एक लिटरको पनि कोहीबाट माग नआएको बताउँछन् ।
बहुमुल्य र बहुउपयोगी औषधीय गुणयुक्त उक्त तेलको माग आएको छैन । उनले भने “ कोरोनाका कारण धेरै उद्योग धन्दा ठप्पै भएका छन् । स्थानीय स्रोतबाट चल्ने भए मच्छिनो उद्योग पनि प्रभावित भएको छ । जसले गर्दा उक्त उद्योग बन्द गर्नुपरेको छ”
स्थानीय स्तरमा पाइने मच्छिनोको सेउलालाई भट्टीमा दाउरा बालेर तेल निकालिने गरिन्छ ।
वडाध्यक्ष तथा उद्यमी मगरले करिब ५ लाखको लगानीमा ११ बर्षदेखि मच्छिनो तेल उद्योग सञ्चालन गर्दै आएका छन् । गर्मी मौसममा मात्र सञ्चालन हुने उक्त तेल उद्योगमा २ जना कर्मचारी नियमित कार्यरत रहेका थिए । तर कच्चा पदार्थ संकलनका लागि भने १५ जना बढी मानिसहरुको आवश्यक पर्दछ ।
साथै औषधीय गुणले भरिपूर्ण पाहा पालन पनि २ बर्ष देखि वडाध्यक्ष मगर संलग्न छन् । ६ लाखको लगानीमा पाहा पालन सुरु गरेका उनको ४०० भन्दा बढी पाहा उर्कदै छन् । कालो तथा फुस्रो रङका दुई प्रकारका पाहापालन गरिएको छ। तर पाहा बिक्री गर्नयोग्य नभएकाले बिक्री नगरिएको उनले बताए ।
उनले जनप्रतिनिधि भएपछि उद्योगमा भन्दा पनि विषेश गरि जनताको कामलाई प्राथमिकता दिने गरेको उनि बताउँछन् । उद्योग तथा फार्म सञ्चालन गर्दा जनताको काममा कुनै प्रभाव परेको छैन् । युवा शक्तिलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जगाउन उनि एक माध्यम बनेका छन् ।
“ जनप्रतिनिधि भएपछि पैसा कमाउने होइन । जनप्रेमी काम गर्नुपर्छ । तर म जनसेवा सगैं उद्यमलाई पनि संगसंगै अगाडी बढाउने छु ।” उनले भने ।

Shares

Be the first to comment on "कोरोना कहर : मच्छिनो उद्योग प्रभावित"

Leave a comment

Your email address will not be published.


*