कोरोना कहरमा दोलखाका कर्मचारीहरुले गरे रगत दान

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ २१
चरिकोटमा निजामति कर्मचारी सेवा दिवस २०७७ को अवसर पारि आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ‌।

कोरोना भाइरसको कहरमा कोही कसैले पनि रगत अभावकै कारण ज्यान गुमाउनु नपरोस्, भनि विषेश सर्तकता सहित रक्तदान कार्यक्रम गरिएको हो ।

कर्मचारी मिलन केन्द्रद्वारा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको रक्तसञ्चार केन्द्रमा आयोजित कार्यक्रममा दोलखाको विभिन्न सरकारी कार्यालयमा प्रमुख सहित २६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।
जसबाट २६ युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । रक्तदान कार्यक्रममा सहभागी कर्मचारीहरुले जवाफदेही, इमानदार र पारददर्शी भएर काम गर्ने प्रतिबद्वता जनाएका छन् ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

Shares

Be the first to comment on "कोरोना कहरमा दोलखाका कर्मचारीहरुले गरे रगत दान"

Leave a comment

Your email address will not be published.


*