कोरोनाभाइरस: नेपालमा थप तीन जनामा सङ्क्रमण, पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि

चरिकोट– स्वास्थ्यमन्त्रालयले थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ। तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्।कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिकी ३४ वर्षीया आफन्तमा पनि कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये एक व्यक्ति मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने अर्का व्यक्ति उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन्।यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या नौ पुगेको छ।

Shares

Be the first to comment on "कोरोनाभाइरस: नेपालमा थप तीन जनामा सङ्क्रमण, पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि"

Leave a comment

Your email address will not be published.


*