कोरोनाबाट ५ दिनकी बालिकासहित थप ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा चितवनकी ५५ बर्षिय, मकवानपुरकी ५ दिनको बालिका, बाँकेकी २५ बर्षिय, कन्चनपुरकी २९ बर्षिय महिला रहेका छन् ।त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ७७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका ५५ बर्षिय पुरुष र बाँकेका ६० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप २२ सय ५३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८६ हजार नाघ्यो

नेपालमा थप २२ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २२ सय ५३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६४ हजार ६९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.७ रहेको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ७४ हजार ४४८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ८९३ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२६ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १५ सय ९९ जनामा कोरोना पुष्टि 

काठमाडौँ उपत्यकामा आज १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना संक्रमित भेटिएका छन् ।

Shares

Be the first to comment on "कोरोनाबाट ५ दिनकी बालिकासहित थप ७ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*