कोरोनाबाट बच्न बैतेश्वरमा सर्तकता, हात धुने व्यवस्था

चरिकोट, चैत्र १०
दोलखाको बैतेश्वर गाउँपालिकाले सबै वडा र स्वास्थ्य स्वास्थ्य संस्था कार्यालयहरुमा हात धुने व्यवस्था गरेको छ ।
कोभिड १९ अर्थात् कोरोना भाइरसको जोखिमबाट बच्न पालिकाको ८ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा हात धुने व्यवस्था गरिएको छ ।
वडा र स्वास्थ्य केन्द्र कार्यालयमा हात धुनका लागि पर्याप्त साबुन, पानी प्रबन्ध मिलाइएको पालिकाले जनाएको छ । कोरोनाबाट सुरक्षित रहन गाउँपालिका र वडा स्तरीय स्थानीय समन्वय समिति निर्माण गरिएको र समितिले आवश्यक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरिरहेको पालिकाले जनाएको छ । साथै पाँडुडाँडामा कोरोना भाइरसबारे परामर्श डेक्स स्थापना गरिएको पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । उनका अनुसार सबै स्वास्थ्य केन्द्रहरुमा ज्वरो रुघाखोकीजन्य रोगको आकस्मिक औषधी उपचार सेवा सञ्चालन भइरहेको छ । बैतेश्वरका सबै स्वास्थ केन्द्रका कर्मचारीहरुलाई पूर्णतयारी अवस्थामा राखिएकोले आवश्यक सेवा प्रवाह भइरहेको उनले बताए । कोरोना भाइरसबाट जेष्ठ नागरिक, बालबालिका तथा सबै नगरबासीलाई सचेत गराउने उदश्यले स्वास्थ्य केन्द्रहरु र मुख्य सार्वजनिक स्थलहरुमा चेतनामुलक पm्लेक्सबोर्ड राखिएको र स्थानीय सञ्चार माध्यमबाट सन्देश प्रवाह गरिएको उपाध्यक्ष आचार्यले बताए । कोरोनाबारेमा अनावश्यक झुटा प्रचार ( अफवाह ) नफैलाउन र झुटा सन्देशको विश्वास नगर्न पालिकाले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "कोरोनाबाट बच्न बैतेश्वरमा सर्तकता, हात धुने व्यवस्था"

Leave a comment

Your email address will not be published.


*