कोरोनाबाट आज थप १७ सहित मृतकको संख्या ९३७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप २५ सय ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २५ सय ८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ७० हजार ७४३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३१ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.६ रहेको मन्त्रालयले जनाएको छ ।
थप २५ सय ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३८ हजार ५८४
नेपालमा थप २५ सय ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २५ सय ८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल एक लाख ७० हजार ७४३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३१ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २९० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ४३ हजार ३४३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ४१० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३८ हजार ५८४ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २९६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा आज १३ सय ५७ कोरोना संक्रमित थपिए ।

Shares

Be the first to comment on "कोरोनाबाट आज थप १७ सहित मृतकको संख्या ९३७ पुग्यो"

Leave a comment

Your email address will not be published.


*