कोरोनाको जस्तै लक्षण देखिइ मुत्यु भएका व्यक्तीको पिसिआर रिपोर्ट नेगेटिभ

असार १७

कोरोना सँग मिल्दो जुल्दो लक्षण देखा परि मंगलबार मृत्यु भएका मेलुङ गाउँपालिका वडा नम्बर ७ का एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखा परेका ५२ वर्षिय पुरुषको मुत्यु भएको थियो । उक्त पुरुषको कोरोना परिक्षणको लागि श्वाब संकलन गरि हिजै धुलिखेल पठाइएको र रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरीराम चापागाँईले जानकारी दिए ।
उक्त पुरुष मुटुरोगसम्बन्धि रोगका कारण मृत्यु भएको हुन सक्ने उनले बताए । केहि दिन अघिबाट नै उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका ति पुरुषलाई उपचारका लागि हिजो मात्रै तामाकोशी गाउँपालिकाको किर्नेमा लगिएको र त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि रामेछापको मन्थलीमा रहेको मन्थली सामुदायिक अस्पतलमा पठाईएको थियो । उहाँको मन्थलीमा पनि उपचार सम्भव नभएपछि त्यहिँ नै  मुत्यु भएको हो ।

Shares

Be the first to comment on "कोरोनाको जस्तै लक्षण देखिइ मुत्यु भएका व्यक्तीको पिसिआर रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*