कोराना भाइरस समेत साम्य पार्न गरियो शनिश्चरे पूजा तथा आरधाना

बाबुराम शर्मा/ चरिकोट –रोग व्याधि तथा विश्वमा देखिएको कोरोना भाइरस समेतलाई साम्या पार्न दोलखाको शैलुङ गाउपालिका–५ काटाकुटीवासीले शनिशचरे देवीको पूजा आरधाना गरेका छन् । अहिले विश्वव्यापि फैलिएको महामारी रोग तथा मौसममा देखिएको अकल्पनीय परिवर्तनका कारणले पशु पक्षी, चौपाया तथा अन्न बाली र मानव जगतमा देखिएका विभिन्न रोग एवम असहज परिस्थिति र घटनाक्रमलाई मध्यनजर राख्दै क्षमा पूजाका रुपमा शनिबार पारेर यो पूजा तथा आराधाना गरिएको स्थानीय एवम समाजसेवी दिलकुमार तमाङले जानकारी दिनु भयो । उहाँका अनुसार निर्माण सम्पन्न यहाँ रहेको ऐतिहासिक संसारीथान मन्दिरको उद्घाटन पनि गरिएको छ । स्थानीय नवराज कार्की र सुदान राउतले पूजाको आवश्यक सामग्री सहित एक÷एक वटा पाठी बलि चढाउनु भएको थियो । पाठीको मासु प्रसादका रुपमा सबैलाई वितरण गरिएको थियो । उपस्थित श्रद्धालुजनले यो महामारीको साम्या पारिदिन पूजा तथा आराधाना गरेका थिए । भूकम्पछिको यो पहिलो पूजा हो । स्थानीय रामशरण खडकाले मन्दिर २० फिटको ठूलो त्रिशुल चढाउन ५० हजार रुपियाँ दिनु भएको छ । घण्टा व्यवस्थापनका लागि राष्ट्रिय युवा मोर्चाका दोलखाका अध्यक्ष नवराज खडकाले पाँच हजार नगद प्रदान गर्नु भएको उहाँले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "कोराना भाइरस समेत साम्य पार्न गरियो शनिश्चरे पूजा तथा आरधाना"

Leave a comment

Your email address will not be published.


*