कैदीले बुनेका मुढा बिक्रीमा कमी

ईस्वर विक÷असोज ७
दोलखाको सदरमुकाम चरिकोटस्थित जिल्ला कारागार मातहतमा रहेका कैदीबन्दीहरुले उत्पादन गरेको मुढा कम मात्रमा बिक्री हुने गरेको कैदीले गुनासो गरेका छन । कारागारमा रहेका ९७ जना कैदीबन्दीमध्ये २५ जनाले स्थानीय स्रोतको प्रयोग गरी आफ्नै लगानीमा तयार गरेको मुढा बजार अभावले कम बिक्री भएको उनीहरुले दीक्षण दैनिकलाई बताए । विगत वर्षहरुमा मुढा बिक्री गरि मनग्य आम्दानी गरिरहेका कैदीहरु केही वर्षयता मुढा बिक्री कम हुदाँ मुढा बनाउने धरापमा पर्ने होकी भनि निराश भएको जिल्ला कारागार कार्यालय दोलखाले जनाएको छ । कैदीबन्दीलाई हेर्ने दृष्टिकोणले नभई बजारमा मुढाको प्रयोग कमैमात्रले गर्ने भएकाले उत्पादित मुढा बिक्रीमा ह्रास आएकोे कार्यालयले जनाएको छ । ै विभिन्न स्थानमा सम्पर्कको अभावले मुढा बिक्री सोचेअनुसार नभएको कारागार प्रमुख प्रकाश नेपालले बताए । कारागारका कैदीबन्दीहरुले महिनामा २ सय ५० भन्दा बढी मुढा उत्पादन गर्ने र प्रतिगोटा ५ सय देखि ५ सय ५० मा बिक्री गर्ने गरेको प्रमुख नेपालले बताए । मुढा बनाउनका लागि बाँस स्थानीय स्तरमा नै उपलब्ध हुने गर्दछ, डोरी भने अन्य जिल्लाबाट कैदीबन्दीहरुले आयात गर्ने गरेको उनले बताए । कैदी बन्दीले तयार गरेका विभिन्न सामग्री बिक्रीका लागि उद्योग वाणिज्य संघसँग सहजिकरण गरेको प्रमुख नेपालले बताए । कारागारभित्र जीवन बिताइरहेका कैदीबन्दीहरुले आफ्नै लगानीमा सीप अनुसारको सिलाई, थाङ्का बनाउने, कपाल काट्ने लगायतका आयमूलक कार्य गरिरहेका छन् । नेपालका अनुसार कपाल काट्ने कार्यमा २ जना, थाङ्कामा ३ जना सिलाईमा ४ जना कैदीबन्दीहरु संलग्न रहेको र अरु कैदी अन्य आयमुलक कार्यमा संलग्न रहेका छन् । मुढाबाहेक अन्य सामग्री भने धेरै बिक्री भई कैदीबन्दीहरुले मनग्ये आम्दानी गर्ने गरेको उनले बताए । विभिन्न आयमुलक सामग्री तयारीका लागि कच्चा पदार्थ स्थानीय स्तरमा नै उपलब्ध हुन्छन । कतिपय कच्चा पदार्थ बाहिरबाट ल्याउने गरेको कारागार आन्तरिक प्रसाशनका नाइके कैलाश बस्नेतले बताए । हरेक वर्ष कैदीबन्दीको लागी सीप विकास तालिम दिइने भएकोले गत वर्ष सिकर्मी तालिम, कपाल काट्ने तालिम दिइएको बस्नेतले बताए । जेलमा सीप भएकाहरुले आफ्नो सीप अनुसारको काम गर्दै आएका छन्, भने कतिपयले त्यही रहँदा पनि काम सिक्ने गरेका छन् । आयमूलक कार्यका लागि कैदीबन्दीलाई सीप, औषधी उपचार दिइने भएकाले क्रमशः जेल सुधार गृहको रुपमा परिनत भईरहेको कार्यालयले दाबी गरेको छ ।

Shares

Be the first to comment on "कैदीले बुनेका मुढा बिक्रीमा कमी"

Leave a comment

Your email address will not be published.


*