केन्द्रीय सदस्यमा मानन्धरको उम्मेद्वारी

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामेश्वर मानन्धरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । महासंघको ५७ औ साधारण सभामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट खुला केद्रीय कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो । महासंघको चैत्र २८ देखि २९ गतेसम्म काठमाडौमा हुने ५७ औं साधारण सभामा कार्यकारिणी सदस्यमा पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारीणी सदस्य रहनु भएका मानन्धरले दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा युवा तथा साना व्यवसाय स्वरोजगार कार्यक्रम, उच्च पहाडी जीविकोपार्जन (हिमाली परियोजना), एक गाउँ, एक उत्पादन जस्ता व्यवसायी लक्षित सफल कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यस्तै कोरोना भाईरसबाट प्रभावित व्यवसायीहरुलाई सहयोगसँगै २०७२ सालको भूकम्पले क्षति पु¥याएको दोलखा उद्योग वाणिज्य संघको भवन पुर्ननिर्माण र जिरी उद्योग वाणिज्य संघको भवन निर्माणमा समेत महत्वपूर्ण सहयोग गर्नु भएको थियो । कृषि उत्पादन र पर्यटन विकासबिना व्यवसाय सफल हुन सक्दैन भन्ने मान्यता राख्ने मानन्धरले जिल्लामा कोसेली घरको अवधारण सहित कृषि उत्पादन बिक्री वितरण गर्ने थलो बनाउनु भएको थियो ।

Shares

Be the first to comment on "केन्द्रीय सदस्यमा मानन्धरको उम्मेद्वारी"

Leave a comment

Your email address will not be published.


*