केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न लागेको हो । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने तयारी छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा छनोट गरिने जनाइएको छ । पदाधिकारीको छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने पार्टीले केही नेताहरूलाई व्यवस्थापन गर्न विभागमा समेट्ने र जिम्मेवारी दिने तयारी गरेको छ ।  (रासस)

Shares

Be the first to comment on "केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा"

Leave a comment

Your email address will not be published.


*