केन्द्रमा १ लाख ८ हजार थान पिपिआर खोप प्राप्त

चरिकोट (दीस) –दोलखामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र यस वर्ष १ लाख ८ हजार थान पिपिआर रोग बिरुद्धको खोप प्राप्त भएको छ । कार्यालयलाई संघिय सरकारबाट चालु आर्थिक वर्षमा दोलखा र सिन्धुपाञ्चोक जिल्लाका लागि १ लाख ८ हजार थान पिपिआर रोगको खोप प्राप्त भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका पशुचिकित्सक पलट चौधरीले जानकारी दिए । उनका अनुसार दोलखाका ९ वटा स्थानीय तहका लागि ९÷९ हजारका दरले ८१ हजार र सिन्धुपालञ्चोकका ३ वटा स्थानीय तहका लागि ९ हजारका दरले २७ हजार थान खोप कार्यालयमा प्राप्त भएको हो । प्राप्त भएको खोप मध्ये दोलखाको भीमेश्वर नगरपालिका, गौरीशंकर र विगु गाउँपालिकाले लगि सकेका छन् भने अन्य पालिकाहरुले लैजान बाँकी रहेको छ ।

Shares

Be the first to comment on "केन्द्रमा १ लाख ८ हजार थान पिपिआर खोप प्राप्त"

Leave a comment

Your email address will not be published.


*