कृषि सामग्री वितरण

चरिकोट, (दीस) –दोलखाको कालिञ्चोक गाउँपालिकाको तीन वटा वडाका एक सय दुई जना किसानलाई नामसालिङ सामुदायिक बिकास केन्द्रले कृषि सामग्री वितरण गरेको हो । केन्द्रको एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन भएको वडा नम्बर १, ५ र ६ का २७ जनालाई प्लाष्टिक टनेल, २५ जनालाई बिउ सुरक्षित राख्नको लागि सिड बक्स र ५० जनालाई मकै छोडाउने हाते प्रविधि वितरण गरिएको हो । कालिञ्चोक गाउपालिका, कालिञ्चोक एकीकृत सामुदायिक बिकास केन्द्र र दिपजङ्ग साना किसान सहकारीको समन्वयमा कृषि सामग्री वितरण गरिएको नामसालिङका जिल्ला संयोजक राजन केसीले बताउनुभयो । कृषिमा लागत घटाउन र उत्पादन बढाउन कृषि प्रविधिको प्रयोग अनिवार्य भइसकेको छ । सोही कारण किसानलाई कृषि प्रविधि वितरण गरिएको हो । एकीकृत सामुदायिक विकासको माध्यमबाट ग्रामीण जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ केन्द्रले काम गरिरहेको उहाँले बताउनुभयो । विकास केन्द्रको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कृषि तथा खाद्य सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, ब्यावसाय तथा आर्थिक विकास, सुसाशन प्रवर्धन तथा संस्थागत विकास, लैंगिक समता तथा समाजिक समावेशीकरण, स्वास्थ्य,सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम भईरहेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा खाद्य तथा पोषण सुरक्षा अन्तर्गत उन्नत जातको बीउ सहयोग, साना सिंचाइ प्रविधि सहयोग, पशुबस्तु तथा गोठ खोर सहयोग, अगुवा कृषक सहयोग तथा कृषक अनुभव आदानप्रदान घर बगैँचा सहयोग (तालिम, प्रविधि तथा बीउ सहयोग, पोषण (पोषणतालिम, विद्यालय कार्यक्रम, आमा पोषण शिक्षा) कार्यक्रम सञ्चालन गरिएको छ । यी कार्यक्रमबाट एक हजार ८ सय २५ घरधुरी लाभान्वित भएका छन् । जलवायु परिवर्तन अनुलन क्षमता अभिवृद्धि जलवायु परिवर्तन प्रभावसँग जुध्न सक्ने कृषि प्रविधि प्रवर्धन तालिम तथा सीप हस्तान्तरण, जलवायु परिवर्तन प्रभावसँग जुध्न सक्ने प्रविधि सहयोग, जलवायु अनकलन योजना, नमुना परियोजना कार्यान्वयन र संभारकोष र प्रकोप न्यूनीकरण योजना तथा नमूना कार्यान्वयन कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमबाट चार सय ५ घरधुरी लाभान्वित भएका छन् । आयआर्जन सहयोग कार्यक्रमतर्फ, पशपालन व्यवसायिकरण सहयोग, नगदेबाली प्रवर्धन तथा विस्तार, व्यवसायिक योजना, व्यवसाय दर्ता, व्यवसाय संचालन सहयोग र बजार समन्वयका कार्यहरु गरिएको छ । यस कार्यक्रमबाट दुई सय ७८ घरधुरी लाभान्वित भएका जिल्ला संयोजक केसीले बताउनुभयो । सुशासनतर्फ समुदायमा आधारित स्थानीय संस्था सहयोग कार्यक्रम भएको छ । यसबाट दुई वटा क्लब तथा संस्थालाई सहयोग गरिएको छ । गाउँपालिकालाई स्थानीय सरकार सुशासन प्रवर्धन तथा क्षमता विकास सहयोग गरिएको छ । त्यसैगरी तीन वटा वडामा महिला समूह, सञ्जालको क्षमता विकास, राष्ट्रिय कार्यक्रम, अभियान सहयोग र वडा गाँउपालिका प्रोफाइल तथा योजना निर्माण कार्य सम्पन्न भएको छ । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा स्वास्थ्य, सरसफाई तथा वातावरण स्वास्थ्य सरसफाई सचेतना तालिम, अभियानमुखी कार्यक्रम, विद्यालय नर्सरी कार्यक्रम गरिएको जिल्ला संयोजक केसीले बताउनुभयो ।

Shares

Be the first to comment on "कृषि सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*