कृषि विकास पकेट कार्यक्रममा ः मेलुङ गाउँपालिकाका कृषकले पाउने भए अनुदान

रमा धनुके /चरिकोट –दोलखाको दक्षिणी क्षेत्रमा अवस्थित मेलुङ गाउँपालिकामा व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगत पालिकामा यो कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कार्यक्रम अन्र्तगत किसानलाई पशुपालनका निम्ति साझेदारीमा विभिन्न शिर्षकमा अनुदान प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले बताए । उनका अनुसार वडा नं १, २, ३, ५, र ७ मा बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र अन्र्तगत गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा बोयर बोका वितरण गरिने, वडा नं ६ मा ५० प्रतिशत अनुदानमा पाडापाडी संरक्षण कार्यक्रम गरिने, वडा नं ४ मा ५० प्रतिशत अनुदानमा बाच्छाबाच्छी संरक्षण कार्यक्रम सञ्चालन हुने छ । वडा नं १ मा ७५ प्रतिशत अनुदानमा नश्ल सुधार कार्यक्रम तर्फ बहर वितरण गरिने र नश्ल सुधार तर्फ ७५ प्रतिशत अनुदानमा वडा नं १ र ७ मा राँगा वितरण गरिने उनले बताए । यो कार्यक्रममा कृषक, उद्यमी, कृषक समुह, कृषि सहकारीले आवश्यक कागजात सहित आवदेन दिन सूचित गरिएको छ । उनले भने ‘गत १२ गते एक सूचना जारी गरी पकेट विकास कार्यक्रममा सहभागी हुन सूचित गरिएको छ । सूचना जारी भएको दिनबाट १५ दिनसम्मभित्र आवदेन दिन सकिने छ ।’ पकेट विकास कार्यक्रमले कृषि तर्फ युवाको आकर्षण बढाई व्यवसायिक कृषि तर्फ पालिका उन्मुख भई कृषिबाट समृद्धि हासिल हुने विश्वास राखिएको छ । कार्यक्रममा चालु आवमा नविकारण भएको प्रमाणपत्रको प्रतिलिपी, व्यवसायिक योजना, संस्थागत निर्णयको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी तथा आव २०७६÷०७७ को कर चुक्ता प्रमाणपत्र सहित आवेदन पेश गर्नूपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "कृषि विकास पकेट कार्यक्रममा ः मेलुङ गाउँपालिकाका कृषकले पाउने भए अनुदान"

Leave a comment

Your email address will not be published.


*